कास्की : गण्डकीमा नयाँ सरकार गठनका लागि जमर्को गरेका प्रतिपक्ष दलले फ्लोर क्रस हुने डर मान्दै सांसदहरूलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन्।नयाँ सरकार गठन हुन नदिन चलखेल गर्नसक्ने डरका कारण आफ्ना सांसदहरूलाई सत्तापक्षसँग सम्पर्कमा आउन नदिन प्रतिपक्षी दलले विशेष रेखदेखसहित पोखराको लेकसाइडस्थित रिसोर्टमा राखेका हुन्।कांग्रेसका एक सांसदले भने, ‘प्रतिगमनकारीहरूले हाम्रा सांसदहरूसँग छलफल गर्न खोजिरहेको कुरा थाहा भयो, त्यसैले अविश्वास पक्षमा मतदान गर्नेहरू पनि विपक्षमा जान