‘तीन तहका सरकारले वातावरण संरक्षणमा गम्भीर हुनुपर्छ’

वातावरणमा परेको असरले ठूलो क्षति भइरहेको भन्दै विज्ञहरुले तीनै तहका सरकार, नागरिक र सरोकारवाला निकायहरु वातावरण संरक्षणमा गम्भीर बन्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । सोमवार राष्ट्रिय मानव अधिकार आयोगले विश्व वातावरण दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको संघीय संरचनामा मानव अधिकारको दृष्टिकोणबाट प्राकृतिक श्रोतको व्यवस्थापन विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै विज्ञहरुले वातावरण जोगाउन सबैले महत्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताएका हुन् ।कार्यक्रममा बोल्दै राष्ट्रिय प्राकृतिक श्रोत तथा व