म्याग्दी : कोरोनाको दोस्रो लहरका कारण धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निश्चित समयबाहेक अरूबेला बजार खुल्दैनन्।बजारमा निस्के पनि कोरोना संक्रमण हुने जोखिम उत्तिकै छ। यस्तो अवस्थामा म्याग्दीको सदरमुकाम बेनी बजारका धेरैका छतमा गरिएको कौसी खेती तरकारीको जोहोका लागि गतिलो माध्यम बनेको छ। जिल्ला हुलाक कार्यालय म्याग्दीकी प्रमुख साधना कुमारी श्रेष्ठको घर पनि हुलाक चोकमा नै छ। उनले आफ्नो घरको छतलाई कुनै व्यवसायिक किसानको करेसाबारी भन्दा कम बनाएकी छैनन्।घरको छतैभरि पुदिनादेखि लिएर टमाटर