एकीकृत समाजवादीको घोषणापत्र : कृषि उत्पादन वृद्धि गर्न पूर्व–पश्चिम महानहर निर्माणमा जोड

नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । महासचिव डा. बेदुराम भुसालले सोमबार अपराह्न चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।‘घोषणापत्र छाप्न प्रेसलाई दिएका छौँ, प्रेसले समयमै दियो भने सोमबार अपराह्न सार्वजनिक गर्ने तयारी छ’, महासचिव भुसालले रातोपाटीसँग भने,‘घोषणापत्र दुई भागमा विभाजित छ । पहिलो नीतिगत प्रतिबद्धता र दोस्रो कार्यक्रमका योजना रहेका छन् ।’ सो पार्टीको घोषणापत्र मस्यौदा समितिमा रहेका एक सदस्यका अनुसार नी