काठमाण्डौ – एम्नेस्टी इन्टरनेसनलले कतार सरकार र फिफालाई दुर्व्यवहारमा परेका आप्रवासी श्रमिकहरूको क्षतिपूर्तिका लागि कोष स्थापना गर्न आह्वान गरेको छ ।
विश्वकप प्रतियोगिता सुरु हुन एक महिना बाँकी रहे पनि कतारमा रङ्गशाला बनाउने काममा कार्यरत आप्रवासी श्रमिकमाथि भएको शोषण र दुर्व्यवहार कायमै रहेको भन्दै एम्नेस्टीले दुर्व्यवहारमा परेका श्रमिकको क्षतिपूर्तिका लागि कोषको स्थापना गर्न र आफूले गरेको बाचा पूरा गर्न कतार सरकार र फिफालाई आह्वान गरेको हो ।
सन् २०१७ देखि कतारले आफ्नो श्रम प्रणालीमा विभिन्न परि...