भद्रपुर : मन्त्री, जनप्रतिनिधि र सरकारी अधिकारीले महँगा गाडी खरिद गरेर चढ्ने होडबाजी देशभर चलेको छ। उनीहरूले राज्यको ढुकुटी रित्याएर महँगा गाडी खरिद गरिरहेको बेला सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका गाडीहरू चाहिँ कबाड बन्दै गएका छन्। राजश्व आउने ती सवारीसाधनप्रति कसैलाई चासो छैन। प्रहरीले विभिन्न मुद्दामा जफत गरी लिलाम गर्नुपर्ने करोडौँ मूल्यका गाडी अहिले भन्सार परिसरमा थन्किरहेका छन्। लामो समयदेखि लिलाम नगरिँदा ती सवारीसाधन अहिले कामै नलाग्ने अवस