गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढ्याे : मानवीय लापर्बाही मुख्य कारण

काठमाण्डाै - गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढेको छ । हरेक वर्ष हिउँदमा वन जङ्गलमा डढेलोका घटना धेरै हुने गरेका छन् । प्राकृतिक र आकस्मिक रुपमा समेत वन जङ्गलमा आगलागी हुने भए पनि नेपालमा ८० प्रतिशत डढेलो मानव सिर्जित हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । मुख्य गरी मानवीय लापर्बाहीका कारण वनमा डढेलो लाग्ने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । वनमा डढेलो लगाउँदा पालुवा पलाउने मानवीय धारणाका कारण वन क्षति हुने गरेको छ । डढेलोले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा ...