कूटनीतिक नियोगको संख्या कटौती गर्ने तयारी

सरकारले विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगको संख्या कटौती गर्ने भएको छ । औचित्य र आवश्यकताका आधारमा नियोगलाई प्रभावकारी बनाइने रणनीतिसहित सरकार विभिन्न मुलुकमा स्थापना गरिएका राजदूतावाससहितका कूटनीतिक नियोगहरूलाई पुनरावलोकन गर्ने तयारीमा जुटेको हो ।