पोखराको शहरी पूर्वाधार विकासमा एडिबीले सघाउने, झन्डै ११५ मिलियन अमेरिकी डलर खर्च गर्ने

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंक (एडिबी)का कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच आज पोखरामा भेटवार्ता भएको छ ।      उनिहरूबीच एडिबीको सहयोगमा सञ्चालन हुने सहरी पूर्वाधार र जीवन सुधार परियोजनासहित पोखराको दिगो पर्यटन विकासका सम्भावनाका बारेमा भेटवार्तामा छलफल भएको हो । एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक तथा ढलको स्तरोन्नति गरिने छ । महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ । त्यस्ता परियोजना छनोट भइसकेका छन् । सोअन्तर्गत सहिदचोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पिआइए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि पाँच दशमलव ३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका ‘सर्भिस प्वाइन्ट’ स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि ३ दशमलव शुन्य ५ मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल तथा संरक्षित वन क्षेत्र हो । एडिबीकै सहयोगमा लेक टु लेक साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ । परियोजनाअनुसार नौवटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण गरिनेछ । फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, ‘वाटर फाउन्टेन’, ‘वाटर स्प्रिङ प्रोटेक्सन’, ‘इन्फरमेसन बोर्ड’, ‘डाइरेक्सन बोर्ड’, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ । यसमा ३ दशमलव ०५ मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ । रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृतरूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ । इको रुटमा विश्रामस्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्डलगायत सार्वजनिक सुविधा समावेश हुनेछन् । यसमा ५ दशमलव ६३ मिलियन अमेरिकी डलर खर्च हुने छ । शान्ति वनबाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । परियोजनाअन्तर्गत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रका रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । त्यहाँ जडीबुटी बगैँचा, पैदलमार्ग, टिकट काउन्टर, विश्रामस्थल, ‘पिकनिक सेड’, ध्यान केन्द्र, ‘कम्पाउन्ड वाल’, ‘फेन्सिङ’, ‘एप्रोच रोड’लगायत निर्माण हुनेछ । अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । महानगरपालिकाका वडा नं २, ३ र ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरको संरक्षणका लागि यो परियोजना लागू गरिनेछ । रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिने छ । यसले पुरानो पोखराको सहरी पुनरुत्थानसहित सिद्दार्थचोकबाट विन्ध्यवासिनीसम्म १ दशमलव ५ किमी सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ । यसका लागि एडिबीले एक दशमलव ९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भइसकेको छ । यस परियोजनाको लागि डिएससीएस खरिदका लागि टिओआरको तयारी भइरहेको छ । यसमा दुई मिलियन अमेरिकी डलर खर्च हुनेछ । यीलगायतका परियोजनाका विषयमा एडिबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको हो । सो क्रममा प्रमुख आचार्यले परियोजना तोकिएकै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । टोलीमा एडिबीका कार्यकारी निर्देशक सुलेमानसहित निर्देशक सल्लाहकार म्याथ्यु सुलिभान, निर्देशन सल्लाहकार भीमकान्त न्यौपाने र सहरी विकास विज्ञ शिव पौडेल रहेका थिए । परियोजनामा एडिबीले ७५ प्रतिशत र महानगरपालिकाले २५ प्रतिशत लगानी गर्नेछ । रासस

सम्बन्धित सामग्री

राष्ट्र बैंकले अमेरिकी डलर सटहीकाे सीमा बढायाे

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले इजाजत पाएका मनी एक्सचेन्जले नेपाली नागरिकसँग कारोबार गर्दा पाँच हजार अमेरिकी डलर बराबरको सटही गर्न पाउने व्यवस्था गरेको हो । यसअघि पाँच सय अमेरिकी डलर बराबरमात्रै साट्न पाइन्थ्यो । तर भन्सार घोषणाको प्रमाणित नभएको तथा विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने बढीमा पाँच सय डलरसम्म मात्र साट्न सकिने राष्ट्र ...

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्य

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर […]

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

वासिङ्टन । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर […]

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।...

युरोभन्दा अमेरिकी डलर महंगो

काठमाडौं । नेपाल राष्ट्र बैंकलक मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार युरोपियन युरोभन्दा अमेरिकी डलर महंगो रहेको छ । अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । […] The post युरोभन्दा अमेरिकी डलर महंगो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

श्रीलङ्काले खाद्यान्न आयात गर्न थप सात करोड अमेरिकी डलर प्रयोग गर्ने

कोलम्बो । श्रीलङ्का सरकारले आवश्यक खाद्य वस्तुहरू आयात सङ्कटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ । भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी) बाट अर्को सात करोड अमेरिकी डलर प्रयोग गर्न अनुमति भारतले दिएको हो । श्रीलङ्काका व्यापार मन्त्री नलिन फर्नान्डोले भने, ‘यही सुविधाअन्तर्गत भारतबाट आयात भइसकेका […]

आईसीसी टी-ट्वान्टी विश्वकप विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार

काठमाडौं, असोज २४ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् । यस्तै उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर […]

सन् २०२५ सम्म सात अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

काठमाडौँ । निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ। महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्‍याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको हो। नेपालको निर्यात व्यवसायलाई […]

सन् २०२५ सम्म सात अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको हो । नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासङ्घले गत साउन २७ गतेदेखि साउन २९ गतेसम्म ४० देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट गरेको अन