सिमकोटमा ग्यासको मूल्य एक हजार रुपैयाँ घट्यो, अब प्रतिसिलिण्डर ५५ सय

सिमकोट – हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार रुपैयाँ घटेको छ। यसअघि ६ हजार ५ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासको मूल्य ५ हजार ५ सय रुपैयाँमा झरेको हो। व्यवसायी खुम रावतका अनुसार दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको र ग्यास व्यवसायीको संख्या पनि बढेपछि प्रतिस्पर्धा बढेसँगै मूल्य पनि घटेको हो। यस्तै, […]

सम्बन्धित सामग्री

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

'खाना पकाउने ग्यासको मूल्य तीन हजार रुपैयाँ पुगेको छ भने खाने तेल प्रतिपोका १६० रुपैयाँ पुर्‍याइएको छ', उनले भने, 'बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन्। पहिले ५० रुपैयाँ पर्ने माला अहिले २०० रुपैयाँ पर्छ।' मूल्य तेब्बरले बढेको उनले बताए।...

ग्यास लुकाउने २ व्यवसायीले तिर्नुपर्यो ४० हजार जरिवाना

वैशाख १२, काठमाडौं । ग्यास लुकाएर कृत्रिम अभाव गर्ने व्यावसायीलाई सरकारले कारवाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृत्रिम अभाव गर्ने दुई व्यावसायीलाई कारवाही गरेको हो । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेलले ललितपुरको शंखमुलमा रहेको राजु स्टोर र प्रयागपोखरीमा रहेको एस एण्ड जेएस स्टोरलाई कारवाही गरिएको जानकारी दिए । दुइटै स्टोरले उपभोक्तालाई ग्यास नभएको बताएर लुकाएर राखेको पाइएपछि कारवाही गरिएको पौडेलले बताए । ‘राजु स्टोरले १० सिलिण्डर र एस एण्ड जेएस स्टोरले १५ सिलिण्डर ग्यास लुकाएर राखेको पाइएपछि कारवाही गरिएको  हो’ पौडेलले भने, ‘दुवै स्टोरलाई कारवाही स्वरुप २०/२० हजार रुपैयाँ जरिवाना गरिएको हो ।’ दुवै स्टोरलले उपभोक्ता संरक्षण ऐन २०७५ विपरित काम गरेको कसुरमा कारवाही गरिएको पौडेलको भनाइ छ । गत चैत ६ गते देखि पेट्रोलियम व्यावसायी, ढुवानी व्यवसायी तथा ग्यास व्यवसायीले गरेको आन्दोलनको बाहाना पारेर व्यवसायीले कृत्रिम अभाव गरिरहेका छन् । पछिल्लो समय व्यावसायीले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमले ग्यास आपूर्ति कोटा बढाएको छ । तर, उपभोक्ताले ग्यास पाउन निकै सास्ती खेप्नु परेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको समेत मूल्य निरन्तर बढ्दो रहेकाले नेपालमा ग्यासको मूल्य बढाउने लोभमा व्यावसायीले ग्यास लुकाएर राख्न थालेका हुन् । विभागले पछिल्लो समय ग्यास केन्द्रित अनुगमन बढाएको जानकारी दिँदै आगामी दिनमा पनि अनुगमन जारी रहने बताएको छ ।

एक सिलिन्डर ग्यासको मूल्य साढे १२ हजार

हुम्ला : खाना पकाउने एक सिलिन्डर ग्यास किन्न हुम्लीले आठ हजार रुपैयाँ तिर्छन्। सिलिन्डरसहित किन्न भने साढे १२ हजार तिर्नुपर्छ। यो जिल्ला सदरमुकाम सिमकोटमै पर्ने मूल्य हो। लामो समय हिमपातसँगै दाउरा अभाव भएपछि हुम्लाका नागरिक खाना पकाउन महँगोमा ग्यास किन्न बाध्य भएका समाचार नयाँ पत्रिका दैनिकमा छ। राष्ट्रिय सडक सञ्जालसँग नज...