धनकुटा : करिब १४ वर्षदेखि स्ववियुविहीन रहेका धनकुटाका ५ वटा क्याम्पसमा ५ वटा विद्यार्थी संगठन मिल्दा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।जिल्लामा रहेका ७ वटा क्याम्पसमध्ये ५ वटामा सर्वसम्मत स्ववियु गठन भएका छन्। शनिबार भएको उम्मेदवारको मनोनयन सहमतिबाट गरिएका कारण धनकुटाका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन भएका हुन्।धनकुटा जिल्लाका गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा संगठन दर्ता नभएका कारण स्ववियु गठनको प्रक्रिया अघि बढेको छैन।धनकुटाका संगठन दर्ता भएक