प्रदेशको स्थायी राजधानीबारे फेरि विवाद सृजना गर्नु हुँदैन : पूर्वमन्त्री बराल

नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बरालले लुम्बिनी प्रदेशको स्थायी राजधानीबारे फेरि विवाद सृजना गर्न नहुने बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको स्थायी राजधानी दाङ तोकिएको भएपनि बुटवल सार्न सकिने अभिव्यक्ति दिएपछि यसबारे राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ । एमालेकै महासचिव शंकर पोखरेलले भने राजधानी सार्न सम्भव नभएको तर्क गर्दै आएका छन् ।माओवादी केन्द्रका नेता बरालले रातोपाटीसँगको संवादमा भने– ‘एकपटक प्रदेश सभाले स्