भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओले कति पाउँला ओपन रेञ्ज ?

काठमाडौं ।  भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओले रू. १२१ दशमलव ७८ देखि ३६५ दशमलव ३४ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ७८ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ मङ्सिर ५ गते बाँडफाँट भएको हो । कम्पनीको आईपीओ २ लाख ७ हजार ५ सय २८ जना आवेदकले कम्पनीको शेयर पाएका थिए । यीमध्ये ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले शेयर पाएका छन् ।  कम्पनीले कात्तिक १६ देखि २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।