बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौंडा बजार क्षेत्रको सडक बिस्तार गर्नुपर्ने बताएका छन् । बुधबारबाट हेटौंडामा सुरु भएको जिल्ला समन्वय समिति मकवानपुरको आठौं जिल्ला सभा उद्घाटन गर्दै उनले हेटौंडा असन जस्तो साँघुरो भएको भन्दै सडक विस्तार गर्नुपर्ने बताएका हुन् ।सरकारले कुनै पनि दिन आफ्नो राइट अफ वे क्लियर गर्नसक्ने भन्दै मुख्यमन्त्री पाण्डेले भने, ‘सडक विस्तारका लागि अब सरकार धेरै दिन पखिँदैन । केही अल्टरनेट उपाय भए गर्नुस् ।’ उनले दुई महिनाभित्र हेटौंडा अस्पतालमा किड्न