राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बन्न नपाएपछि प्रा.डा उपेन्द्र कोइरालाले राजीनामा दिएका छन् ।
विहीवार नै कोइरालाले अर्थ मन्त्रालयमा राजीनामा बुझाएको राष्ट्रिय वाणिज्य बैंक स्रोतले बताएको छ ।
बिहीवारको सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयका सहसचिव समेत रहेका सञ्चालक समिति सदस्य धनिराम शर्मालाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
शर्मालाई नियुक्ती गरेपछि कोइरालाले बिहीवार नै सदस्य पदबाट अर्थ मन्त्रालयलाई राजीनामा पत्र बुझाएका हुन् ।
तत्कालिन अर्थमन्त्री डा. युवरा...