घरजग्गा कारोबारमा सम्पत्ति शुद्धीकरणको रकमबारे निगरानी बढाइने

१५ भदौ, काठमाडौं । घरजग्गा कारोबारमा सम्पत्ति शुद्धीकरणको रकम प्रयोग भएकोबारे अब निगरानी बढाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीका अनुसार दर्ता भएका रियल स्टेटबाहेक अन्यबाट घरजग्गा कारोबार गर्न नपाइने गरी कानुनी प्रावधान गर्न लागिएको छ । सो प्रयोजनका लागि सरकारले केही नेपाल ऐनमा संशोधनको तयारी गरेको छ । बुधबार […]