ललितपुरमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकका लागि खोप केन्द्र ताेकियाे

स्वास्थ्य कार्यालय ललितपुरले आजबाट विभिन्न ३० स्थानबाट कोभिडविरुद्धको बुस्टर डाेज खोप दिने भएको छ । स्वास्थ्य कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै ललितपुर महानगरपालिका र अन्य पालिकामा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकका लागि खोप लगाउन खोप केन्द्र तोकिएको छ ।