अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु

सल्यान, कात्तिक १ । अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् ।