प्रशासन र सत्तारुढ दलमाथि एमाले महासचिव पोखरेलको आक्रोश : गुन्डा लगाएर एमालेका मतदातालाई छेके

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेअनुसारको मत प्राप्त नगरेको स्विकारेका छन्। मंगलवार आयोजित मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै पोखरेलले यस्तो भनाई राखेका हुन्। स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा उनले प्राविधिक हिसाबले एमालेले निर्वाचनमा पराजय बेहोर्नुपरेको बताए। 'हामीले अपेक्षा गरेअनुसार परिणाम…