प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा चौथो दिनको सुनुवाइ शुरू

प्रतिनिधि सभा विघटनविरुद्ध परेका झण्डै एक दर्जन रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा चौथो दिनको सुनुवाइ शुरू भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार चौथो दिनको सुनुवाइ शुरू भएको हो । यसअघि बुधवार पनि सुनुवाइ भएको थियो ।  हेर्दाहेर्दैमा रहेका ती मुद्दाको सुनुवाइ यसअघि गठन गरिएकै संवैधानिक इजलासमा भइरहेको छ ।  पुस १० गते शुक्रवार पहिलो दिनको सुनुवाइपछि प्रतिनिधिसभा विघटनविरुद्ध कारण देखाऊ आदेश जारी भएको थियो । पुस २२ गतेको सुनुवाइमा अधि...