तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।
बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै आइएको छ ।
तनहुँ, कास्की, गोरखा, लमजुङ, चितवनलगायत विभिन्न जिल्लामा बोर बाख्रा निर्यात गर्दै आएको कार्यक्रमका संयोजक राजु कँडेलले जानकारी दिए ।
विसं २०७१ मा ५० वटा माउ र सात वटा बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान गरिएको उनले बताए । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु उक्त कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आइएको छ ।
कार्यक्रमअन्तर्गत हाल अनुसन्धानको लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायत करिब पाँच सय बाख्रा छन् । कृषकको मागअनुरूप विभिन्न जिल्लामा बोरका बोका विक्री गर्ने गरिएको छ ।
दूध र चीजका लागि सानन बाख्रा
त्यसैगरी सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करीब २२ जिल्लामा व्यावसायिकरूपमा पाल्न शुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए ।
बाख्राको दूधमा ल्याक्टोजिन नहुने र रोग प्रतिरोधी हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि उत्तम हुने उनले बताए । बाख्राको दूधबाट बनेको चिजबाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा विक्री गर्दै आएको छ ।
विगत पाँच वर्षअघि अमेरिकी डेरी गोटका अध्यक्ष डेनिल लेनिईले चिज बनाउने उद्योग खोली व्यावसायिक बाख्रापालन कृषकलाई शीप हस्तान्तरणसमेत गरेको थियो । पोखराको लेकसाइड र काठमाडौंका सहरमा चिजको माग भइरहेको छ । अधिकृत आचार्यले भने, ‘याक र गाईबस्तुको दूधबाट बनेको चिजको तुलनामा बाख्राको दूधबाट बनेको चिज गुणस्तरीय र मिठो हुन्छ ।’
पछिल्लो समय सानन बाख्राको दूध र चिज प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एक पटकमा चार लिटरसम्म दूध दिन्छ । उक्त कार्यालयमा अहिले दैनिक ४२ लिटर दूध उत्पादन हुँदै आएकोले चिज बनाउने गरिएको छ ।
उक्त दूध सङ्कलन गरी चिज बनाएर पोखरा र काठमाडौंका सहरमा विक्रीका लागि पठाउने गरिएको संयोजक कँडेलले जानकारी दिए । रासस
कपिलवस्तुको शिवराज नगरपालिकाले बङ्गुरको नश्ल सुधार गर्ने भएको छ । पालिकाका बङ्गुरपालक कृषकको उत्पादन वृद्धि गर्न पशु विकास शाखाले उन्नत जातको पाठापाठी वितरण गरेको छ ।
अहिले औसतमा ५१ प्रतिशत उन्नत जातका गाई–गोरु, भैँसी छन्
नश्ल सुधार गरी नेपालको कृषि उत्पादन बढाएर आत्मनिर्भर बनाउने प्रयास सात दशकदेखि भइरहेको छ । तर, सोचेअनुसार उत्पादन हुन सकेको छैन । विसं २००८...
पर्वत, असोज ३० । पर्वतको जलजला गाउँपालिकाले गाईगोरु पाल्ने किसानलाई प्रोत्साहन कार्यक्रम लागू गरेको छ । गाउँपालिकाले कृषकलाई पशुपालनमा आकर्षित गरी कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार गर्न २५ सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको हो । नश्ल सुधार गर्न कृत्रिम गर्भाधान गरिएका गाईभैंसीबाट दूध उत्पादन बढ्दा कृषकले समान लगानीबाट धेरै आम्दानी गर्ने भएकाले कृत्रिम गर्भाधानबाट ब्याएका […]
यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो ।यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जान
भोजपुर – जिल्लामा पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ। नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो। यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ। पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि […]
सल्यानको कपुरकोटमा समुहमा आवद्ध भएका १० जना किसानको खोर सुधार गरिएको छ भने २५ जना किसानलाई उन्नत बाख्रा विवतरण गरिएको छ । किसानको समेत साझेदारी रहने गरी खोर सुधार, उन्नत बाख्रा र औषधि वितरण गरिएको हो ।कपुरकोट ३ मा रहेको जागृत मिश्रित बाख्रापालन समितिमा आवद्ध २५ जना किसानलाई कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जमुनापारी जातका […]
पुनर्वास । कृत्रिम गर्भाधानका लागि सिमेन सुरक्षित पार्न आबश्यक नाइट्रोजन ग्यास खरिद गर्न बजेट अभावका कारण सेवा ठप्प हुँदा पुनर्बासमा पशु नश्ल सुधार कार्यक्रम नराम्ररी प्रभावित बन्दा दुग्ध उत्पादनमा कमी आउने देखिए पछि कृषक मर्कामा परेका छन् ।