नेपालको संघीय राजधानी काठमाडौं सहर युनेस्कोको सिर्जनशील सहरमा सूचीकृत भएको छ । युनेस्कोले आफूमातहत रहेको रचनात्मक सहर सञ्जालमा काठमाडौंलाई पनि जोडेको हो । सञ्जालमा यसअघि नै एक सयभन्दा धेरै देशबाट ३५० वटा सहरहरू संलग्न छन् भने यसपटक अरु ५५ सहर थपिएका हुन् । त्यसमध्ये काठमाडौं चलचित्र विधाबाट सिर्जनशील सहरका रूपमा सञ्जालमा जोडिएको हो ।