मुठीदान र मेघराज सरको जगमा अडिएको नमुना विद्यालय

तुलसीपुर : तुलसीपुर उपमहानगर-५ पातुखोला बगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालय स्थानीयले मुठीदान गरेर चलाएका छन्। स्थानीय बासिन्दाको मुठीदान र मेघराज सरको मेहनतले विद्यालय नमुना बन्न सफल भएको हो। २०५९ सालदेखि सञ्चालनमा आएको यो विद्यालयका शुरुदेखि नै प्रधानाध्यापक मेघराज घिमिरे छन्। विद्यालय स्थापना भएदेखि प्रअ घिमिरेले २ वर्षसम्म निःशुल्क पढाए। शुरुमा कक्षा ३ सम्म सञ्चालन भएको विद्यालयसँग शिक्षकलाई तलब दिने पैसा थिएन।अभिभावकहरूले साँझबिहान खाना पकाउने चा