विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड १९) नेपालमा पनि फैलिन नदिन देश नै लक डाउन भएसँगै मानिसहरु शरिर मेन्टेन गर्न जिम, जुम्बा, एरोबिक , फिटनेसका लागि बाहिर निस्कन पाएका छैनन् । धेरै दिनसम्म घरमै बस्दा आफ्नो शरिर मेनटेनमा असर पुग्ने पो हो कि भन्नेमा धेरैलाई चिन्ता छ । त्यस्तै स्वस्थ शरिरका निम्ति नियमित रुपमा व्यायम गर्न बाहिरनेहरुलाई पनि लामो घरमै बस्दा शरिरमा थप अरु समस्या देखिएला भन्नेमा चिन्ता लागेको छ ।