निर्वाचन आयोगले आचारसंहिता विपरीत विभिन्न दलका नेता, उम्मेदवारले चुनावीसभालाई सम्बोधन गर्दै आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा ध्यानाकर्षण गरउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले ती दलका नेता र उम्मेदवारले दिएको अभिव्यक्ति विषयमा अलग अलगरुपमा पत्र पठाइ स्पष्टीकरण माग गरेको हो । आयोगले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लक्षीराम आचार्य, सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं कैलालीको प्रदेशसभा क्षेत्र नं ४ (क)