संस्कृत भाषामा आकर्षण‚ निजी स्कुलले पनि थाले अध्यापन

काठमाडौं : निजी विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ। अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो।५ वर्षयता विभिन्न विद्यालयमा संस्कृत अध्यापन गर्दै आएका शिक्षक योगराज सापकोटा निजी विद्यालयमा संस्कृत पढाउने शिक्षककोे खोजी भइरहेको बताउँछन्। संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृतप्रति बढ्न थालेको हो। हाल उपत्यकाका करिब सय वटा निजी विद्यालयमा संस्कृतको अध्ययन अध्य