१८ वर्षदेखि मैना सुनाको शव शिक्षण अस्पतालमा

घरघरमा तिहारको तामझाम सुरु  भएको  छ  तर  काभ्रेपलाञ्चोकको  पाँचखाल, खरेलथोककी देवी सुनारलाई भने तिहार आयो कि झन् पीडा थपिन्छ।  आठ दाजुभाइकी एक्ली चेली, घरपरिवारकी जेठी छोरी मैना सुनारको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा करिब  १८  वर्षदेखि  राखिएको  छ।  तत्कालीन  माओवादी द्वन्द्वको बेला १४ वर्षकी कलिलो उमेरमा मैनालाई तत्कालीन शाही नेपाली सेनाले सुतिरहेको ओछ्यानबाटै उठाएर लगेको चर्चा चलेको पनि वर्षौं भयो। आफ्ना र देवरहरूको समेत गरी घरमा आठ छोरा छन्...