लमजुङ– जिल्लाका आठ स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा कार्यसम्पादनका आधारमा उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालयले तयार पारेको विभिन्न स्वास्थ्य सूचकका आधारमा मध्यनेपाल नगरपालिका जिल्लाभरीकै उत्कृष्ट भएको हो । स्वास्थ्य कार्यालय लमजुङका अनुसार मध्यनेपाल नगरपालिकाले ८६.२२ प्रतिशत अंक प्राप्त गरेको छ । जिल्लाका अन्य स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले ७५.३२ अंकसहित दोश्रो स्थानमा […]