नागढुंगा–सिस्नेखोला सुरुङ जाने फ्लाइओभर निर्माणको काम ५० प्रतिशत सकिएको छ । गत वैशाख ३ मा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै बाह्य संरचना निर्माणलाई तीव्र पारिएको छ । अहिले सुरुङभित्र फिनिसिङको काम भइरहेको छ । सुरुङमा लाइनिङ, अक्सिजन, लाइट आदि व्यवस्थापनको काम हुँदै छ ।