नाका खोल्दा केन्द्रबाटै भेदभाव, भारत पुग्न चोर बाटोको भर

भद्रपुर : भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको झापामा जिल्लामा दुईवटा मुख्य नाका छन्। काँकडभिट्टा र भद्रपुर। दुवै नाकामा मूल भन्सार रहेको छ।जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालय छ। तर, काँकडभिट्टा नाकाबाहेक अन्य नाकाहरू लामो समयदेखि कोरोना भाइरसको महामारीका कारण सरकारले बन्द राखेको छ।चैत ११ गतेदेखि आवागमन रोकिएका जिल्लाका अन्य नाकाहरू सरकारले अझै खुलाएको छैन। काँकडभिट्टा नाकाबाट मात्र तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न भारत जान दिइएको छ।जिल्लाका दुई मुख्य नाकामध्ये