जनउत्थान सामुदायिक लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने

२ फागुन, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । २९ माघमा बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव …

सम्बन्धित सामग्री

जनउत्थान सामुदायिक लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभाबाट पारित गर्ने गरी नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको यो कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांश घोषणा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।  माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७९ लाख ६ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८९५  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर

वैशाख ५, काठमाडौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड लेकार्यकारी प्रमुख व्यवस्थापकीय  सहित विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।  संस्थाले नायव कार्यकारी प्रमुख व्यवस्थापकीय १ जना, सहायक प्रवन्धक व्यवस्थापकीय १ जना, वरिष्ठ अधिकृत १ जना, अधिकृत, कनिष्ठ अधिकृत सञ्चार तथा सूचना प्रविधि विभागीय प्रमूख १ जना, कनिष्ठ अधिकृत  केहि, वरिष्ठ सहायक/ सहायक सहायक केही र कनिष्ठ सहायक/प्रशिक्षार्थी केहि संख्यामा माग भएको जनाएको छ ।   संस्था द्वारा जारी सूत‍चना अनुसार योग्यता पुगेका ईच्छक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बुटवल-१२, कालिकानगर, रूपन्देही तथा संस्थाका शाखा कार्यालयहरु वा संस्थाको मेल  ठगानामा  आवेदन दिनहुन आवहान गरेको छ ।

जनउत्थान सामुदायिक र उर्जा कोषबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं, २८ माघ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय बैकल्पीक उर्जा कोषसँग सम्झौता पत्रमा हसताक्षर गरेको छ । लघुवित्तले माघ २८ गते विद्युतीय चुलो प्रर्वधन गर्ने उदेश्यका साथ Clean Cooking Solution परियोजना कार्यान्वयनका लागि कोषसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीराम […]

जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा पुन : श्रीराम पोख्रेलले पाए निरन्तरता

माघ २७, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीराम पोख्रेलले निरन्तरता पाएका छन् ।  कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि पुनः पोख्रेललाई प्रमुख कार्यकारी अधिकृतमा कायम रहने निर्णय गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

जनउत्थानको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

काठमाडौं, २५ माघ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ३ दिने आर्थिक वर्ष २०७८र०७९ को अर्धवार्षिक समिक्षा बैठक तथा धितो मूल्यांकन तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । माघ २०, २१ र २२ गते कास्की जिल्लाको पोखारामा भएको कार्यक्रम वित्तीय संस्थाका अध्यक्ष बावुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै वित्तीय […]

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो बाढी प्रभावितलाई सहयोग

काठमाडौं, ८ मंसिर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले राहात वितरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोर्नु परेका समुह सदस्यहरुलाई सहयोग गरेको हो । संस्थाले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७, मा अवस्थित शाखा कार्यालय रैकवा र विचवामा आवद्ध करीव ७०० जना, कञ्चनपुर […]

जनउत्थान सामुदायिक लघुवित्तले मृतकको परिवारलाई बीमा दावी रकम हस्तान्तरण गर्यो

काठमाडौं, ४ कात्तिक । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति बीमा दाबी रकम हस्तान्तरण गरेको छ । ओमसतीया गाँउपालीका वडा नं. १, पडसरी रुपन्देही स्थित शाखा कार्यालयमा आबद्ध (केन्द्र नं. ९४) आर्शिबाद बैकिङ्ग समुदायकी सदस्यस्व.श्री गीता गुरुङ्गको मृत्यु पश्चात नीजको श्रीमान रबिन्द्र कुमार थापालाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो । गुरुङ्गको भदौ १० […]

दुई कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।

जनउत्थान लघुवित्तको आजसम्म कायम शेयरधनीले मात्र ४९ प्रतिशत लाभांश पाउने

काठमाडौं, २२ बैशाख । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा आजसम्म कायम भएका शेयरधनीहरुले मात्र लाभांश पाउने भएका छन् । संस्थाले साधारण सभा र लाभांश वितरणको लागि बैशाख २३ (भोली) देखि बुकक्लोज गर्ने भएको छ । आजसम्म कायम भएका शेयरधनीहरुले मात्र संस्थाको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको बैशाख ३० गते हुने सभाले गत वर्षको […]