चीनसँगको ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे सरकारसँग जवाफ माग

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गरेकी छिन् । यसबारे चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको उनको भनाई थियो […]