भारतबाट आयात भएको जुनार र केरामा समेत विषादी

२६ वैशाख, काठमाडौं । भारतबाट आयात भएका जुनार र केरा समेत विषादीको मात्रा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । चालु आवको कात्तिकदेखि चैत मसान्तसम्म गरिएको परीक्षणमा तीन दर्जन हाराहारी तरकारी र फलफूलमा विषादी अवशेष भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए । नेपाल आयात भएका जुनार, केरा, चुकन्दर, किबी र आलुमा विषादी […]

सम्बन्धित सामग्री

रोकिएन विषादीयुक्त तरकारी आयात

काठमाडौं । भारतबाट आयात हुने तरकारी, फलफूल र अन्य कृिषजन्य वस्तु विषादीको अवशेष मापन गरेर मात्र नेपाल भित्र्याउने सरकारको नीतिविपरीत दिनहुँ त्यत्तिकै भित्रिइरहेको छ । काठमाडौं उपत्यकामा खपत हुने ४५ प्रतिशत तरकारी र ७५ प्रतिशत फलफूल भारतबाट आउँछ । तर, सम्बद्ध निकायको कमजोरीले विषादीयुक्त तरकारी र फलफूल उपभोक्ताको पेटसम्म पुग्ने जोखिम छ । भैरहवा नाकाबाट मात्रै पछिल्लो ३ महीनामा तरकारी, फलफूल र गेडागुडी गरी १२ ट्रक विषादीयुक्त सामान भित्र्याउन खोजेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत माघदेखि चैत दोस्रो सातासम्म त्यहाँबाट १६ सय मालवाहक ट्रक भित्रिएका छन् । तीमध्ये १२ ओटा ट्रकमा आयात हुन लागेको तरकारी र फलफूलमा मापदण्डभन्दा बढी विषादी भेटिएपछि उतै फिर्ता पठाइएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार चना, जुनार, सुन्तला, अंगुर, खर्बुजा, आलु, प्याज, च्याउ, केरा लगायतमा चेकजाँचका क्रममा मापदण्डभन्दा बढी विषादी अवशेष पाइएपछि भारततिरै फिर्ता पठाइएको हो । तरकारी तथा फलफूलमा विषादीको मात्रा नाप्ने निषेध दर (इन्हिबिशन रेट) ३५ प्रतिशतभन्दा कम भएमा खानयोग्य मानिन्छ । निषेध दर ३५ देखि ४५ प्रतिशत भएमा त्यस्तो तरकारीलाई कम्तीमा ५ दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतमा झरेको खण्डमा खानयोग्य मानिन्छ । त्यस अवधिसम्म पनि निषेध दर तोकिएको सीमामा नआए फिर्ता पठाउने गरेको अधिकारीहरू बताउँछन् । नाकाबाट भित्रने खाद्य पदार्थमा विषादीको मात्रा परीक्षणको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने पर्याप्त कर्मचारी नहुँदा प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो गर्छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले कार्यालयमा पर्याप्त कमर्चारी नहुँदा काम प्रभावकारी हुन नसकेको बताए । ‘भैरहवास्थित हाम्रो कार्यालयमा जम्मा ११ जना कर्मचारी छन् । ती ११ जनाले आन्तरिक बजारमा उत्पादित खानेकुराको गुणस्तर परीक्षणको काम पनि गर्नुपर्छ । भारतबाट भित्रने तरकारीको विषादी परीक्षण गर्ने जिम्मेवारी पनि उनीहरूकै हो । दुईतिरको कामको बोझ थोरै कर्मचारीमा थोपरिँदा प्रभावकारी हुन नसक्ने उनीहरूको भनाइ छ । ‘समयमा रिजल्ट दिन नसक्दा विषादीयुक्त तरकारी भित्रिने जोखिम छ । हालसम्म रिक्त दरबन्दीमा कर्मचारी आएका छैनन्,’ उनले भने । नेपाल सरकारले आयातित वस्तुमा विषादी परीक्षण गर्न नाकामा छुट्टै विषादी प्रयोगशाला स्थापना गर्दै छ । प्रयोगशाला स्थापनाकै क्रममा रहेकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभागलाई गत कात्तिकदेखि उक्त जिम्मेवारी दिएको हो । बुटवल, भैरहवा, कपिलवस्तु वीरगञ्जलगायत नाकास्थित खाद्यको कार्यालयमा अहिले दिनहुँ सयौंको संख्यामा नमूना परीक्षणका लागि ल्याइन्छ । तर, कर्मचारी नहुँदा काम सहज रूपमा हुन सकेको छैन । विषादीयुक्त तरकारी र फलफूल खाँदा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सक बताउँछन् । वीर अस्पतालका मुटुरोग विषेशज्ञ डा. अर्जुन बुढाथोकीका अनुसार तरकारी र फलफूलमा प्रयोग भएको विषादीले मानव शरीरको सबै अंगमा असर गर्ने भएकाले यसबाट बच्नुपर्ने हुन्छ । ‘हाम्रो शरीरको त्यस्तो कुनै अंग हुँदैन, जसलाई पिषादीले असर नगर्ने होस् । विषादी बढी भएको तरकारी प्रयोगले मुख्य गरी मुटु, छाला, नसासम्बन्धी रोग, महिलाको रजस्वला र प्रजननमा समस्या ल्याउनुका साथै सबै किसिमका क्यान्सरमा यसले भूमिका खेल्छ,’ उनले भने । त्यसैले यसबाट बच्न तरकारीलाई कम्तीमा ५ पटकसम्म सफा वा नुन वा पोटास मिसाइएको पानीले पखाल्नुपर्ने उनको सुझाव छ ।

भारतबाट ल्याइएको फलफूल  तरकारीमा धेरै विषादी

त्भाररतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो । नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकुु, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ ।यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने विषादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण व