कोशी कहरको १३ वर्ष : पहुँचवालाले राहत पाए, पीडितले अझै पाएनन्

इनरुवा : हजारौंलाई घरबारविहीन बनाउने गरी २०६५ साल भदौ २ गते आएको बाढी यसक्षेत्रका सर्वसाधारणका लागि अझै ताजै छ।भत्केको सप्तकोशीको बाँध र त्यसले निम्त्याएको समस्या बाढी पीडितहरूले बिर्सन सकेका छैनन्। त्यही कोशी कहरको आज १३ वर्ष पुगेको छ। यो दिनलाई बाढी प्रभावित क्षेत्रका बासिन्दाले कालो दिनका रूपमा मनाउने गरेका छन्।१३ वर्षअघि अर्थात् २०६५ साल भदौ २ गते सप्तकोशी नदीले पश्चिम कुसाहा तटबन्ध भत्काउँदा सुनसरीको तत्कालीन पश्चिम कुसाहा, हरिपुर, श्रीपुर, मधुवन र लौकही गाविसका हजारौं परिवार विस्थापित