कांग्रेस सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । आफ्नै निवास बोहराटारमा शनिवार बिहान आफुपक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलमा पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । ‘संस्थापन इतरबाट साझा उम्मेदवार बनाऔं भन्ने मेरो प्रयास सार्थक भएन, म अव प्रतिस्पर्धाबाट बाहिरिएँ’ पौडेल निकट एक नेताले लोकान्तरसँग भने, ‘अब शेखरजी र प्रकाशमानजी पछि हटे पनि उम्मेदवारी दिन्न ।’ उम्मेदवारी नदिएपनि कसलाई समर्थन गर्ने भन्नेबारे पौडेलले केही बोलेका छैनन् । ...

सम्बन्धित सामग्री

कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा गरेका कल्याण गुरुङ अहिले किन गुमनाम?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीमा उम्मेद्वार हुन नेताहरुको तछाडमछाड छ। सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दोहोरिने उनी निकट नेताहरुले बताइरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पनि सभापतिमा आकांक्षी नेताहरु धेरै भएकाले टुंगो लागेको छैन। साझा उम्मेद्वार तय गर्ने उनीहरु बिच केही दिनयता लगातार छलफल भइरहेको छ।…

कांग्रेस वाग्मती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी

हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मंसिर १६ देखि १८ सम्म हेटौंडामा हुन लागेको प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी घोषणा गरेका हुन्।  पार्टी प्रदेश सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल…

कांग्रेस सभापतिमा शेखर कोइराला उपयुक्तः शंसाक कोइराला

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले  सभापतिका लागि संस्थापनइतर समूहबाट डा.शेखर कोइराला उपयुक्त रहेको घोषणा गरेका छन् । आँखा रोग विशेषज्ञसमेत रहेका डा. कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा जित्न नसक्ने दाबी गरे । सार्वजनिक रुपमै नेत्र चिकित्सक कोइरालाले संस्थापनइतर समूहबाट दाजु शेखर मात्र […]

कांग्रेस महाधिवेशनमा त्रिपक्षीय भिडन्त

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट औपचारिक रूपमा सुरू हुँदैछ । शुक्रबार वडा तहको अधिवेशन हुँदैछ । तर, यसको सरगर्मी केन्द्रीय तहसमेत परिसकेको छ । आगामी नेतृत्वका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । बिहीबार रामचन्द्र पौडेल समूहले पनि आफूहरुले सामूहिक नेतृत्वमार्फत एकजनालाई सभापतिमा उठाउने […] The post कांग्रेस महाधिवेशनमा त्रिपक्षीय भिडन्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

देउवाबिरुद्ध मोर्चा कस्दै पौडेल

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि कोइराला परिवार, विमलेन्द्र निधि लगायतका नेताहरुले सभापतिमा उठ्ने घोषणा गरेसंगै सभापतिका दावेदार पौडेलले कसरत शुरु गर्नुभएको छ । सोही क्रममा शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न महाधिवेशनको तयारी र नेतृत्वको तयारी …