काठमाडौं- चरम आर्थिक संकट एवम् अत्यावश्यक सामग्रीको अभाव झेलिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेविरुद्ध जारी प्रदर्शन अझै रोकिएको छैन । दैनिक १२ घण्टासम्म विद्युत कटौती तथा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धिको मारमा परेको श्रीलंकाका विपक्षी कार्यकर्ता मात्र नभई कानून व्यवसायी, चिकित्सक र नागरिक समाजका अगुवाहरूले राजधानी कोलम्बो, कण्डी नेगोम्बोजस्ता शहरमा केही सातायता […]