उदयपुर।
कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आफै अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार रहेका कटारी नगरपालिका– ८ का ४५ वर्षीय नर बहादुर मगर र ४० बर्षीय मिर्चिङ कान्छा मगरको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ।