सुकुमबासी बस्तीमा डोजर चलाएपछि जनप्रतिनिधिको घर तोडफोड

उदयपुर : कोरोना महामारीको सयममा उदयपुरको कटारी नगरपालिकाका सुकुमबासी आन्दोलित बनेका छन्।कटारी नगरपालिकाले वडा नम्वर ४ मा रहेको सुकुमबासी टोलमा डोजर चलाएर घर भत्काएपछि उनीहरूले जनप्रतिनिधिहरुको घर तोडफोड गरेका छन्। बुधबार बिहान नगरपालिकाले डोजर चलाएर सुकुमबासी बस्तीका झण्डै आधा दर्जन घर भत्काएको थियो।स्थानीय खम्बबहादुर दनुवारले जानकारी दिए। उनले भने, ‘सुकुमबासीका घरहरु भत्केपछि सुकुमबासी टोलका स्थानीयले नगरपालिका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत ४ नम्बरका वडा