राष्ट्रियसभा चुनावमा न्यायपूर्ण टिकट वितरण हुनुपर्ने कांग्रेस कोइराला समूहको माग

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ । बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै गरेको र आफू अनुकूललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा जोड […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर कोइराला समूहको धर्ना

काठमाडौँ-  ‘न्याय र समान अवसर’ का लागि खबरदारी अभियानमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रूपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो ।पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका […]

शेखर कोइराला समूहको निष्कर्ष– देउवाले पेलेर जान खोजे

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले आफूविरुद्धको मतलाई अपमान गरेर जान खोजेको निष्कर्षमा निकालेको छ ।  समूहका नेताहरूको आज काठमाडौंको अनुपम फुडल्यान्डमा भएको छलफलबाट सभापति देउवाले शेखर समूहलाई पेलेर जान खोजेको निष्कर्ष निकालेको हो । छलफलमा सहभागी एक नेताकाअनुसार सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनका लागि टिकट वितरण गर्दा आफूहरूले पाएको जनमतलाई बेवास्ता गरेको...