सुर्खेतको वीरेन्द्रनगर–१४ गढीका टेकराज चालिसे दूध बिक्रीबाटै वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । दुई वर्षअघिबाट पशुपालन सुरु गरेका टेकराजले दूध बिक्रीबाट घरखर्च कटाएर वार्षिक २ लाख रुपैयाँ बचत गर्ने गरेको बताए ।
८ कक्षा पास गरेका उनी व्यावसायिक पशुपालनबाट गाउमै आम्दानी गर्ने युवाको नमुना बनेका छन् ।