बागलुङ कालिकामा तिस हजार भक्तजन

बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिकामा नयाँ वर्षको पहिलो दिन भक्तजनको ओइरो लागेको छ । वैशाख १ गते देशका विभिन्न भागबाट ठुलो सङ्ख्यामा आएका भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । चैते दसैँ अर्थात् नवरात्रिको पाँचौँ दिन तथा नयाँ वर्ष वैशाख महिनाको पहिलो दिन शनिबार करिब ३० हजार दर्शनार्थीले पूजाआजा गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ ।

सम्बन्धित सामग्री

बागलुङ कालिका मन्दिरमा चहलपहल

चैतेदसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन ओइरिएका छन् । पछिल्लो ५ दिनदेखि मेलामा दैनिक भक्तजन आउँदा यहाँ चहलपहल बढेको हो । भक्तजनको आगमनले बागलुङ बजारको व्यवसायसमेत बढेको छ ।

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

४ चैत, बागलुङ। एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका-३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको […]

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमामा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ र चैते दसैँमा बढी भीड देख्न सकिन्छ । घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा चार लाख …

बागलुङको कालिका मन्दिरमा आठ दिनमा पाँच लाख धार्मिक पर्यटक

घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा चार लाख पर्यटक आएको उनले बताए ।

ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो

म्याग्दी, २१ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण, पूजाआजा र अवलोकन गर्न आउनेको चहलपहल बढेको हो । म्याग्दीका साथै पोखरा, बागलुङ, पर्वत, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट दैनिकजसो भक्तजन र […]

बागलुङ कालिकामा भक्तजनको घुइँचो (फोटो फिचर)

बागलुङ : धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैँको चौथो दिन हजारौँ भक्तजनको घुइँचो लागेको छ। घना जंगलको बीचमा रहेको मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरपर चहलपहल बढेको छ।हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाको केन्द्र नेपालकै प्रमुख शक्तिपीठ कालिका भगवती मन्दिरमा श्रद्धालु भक्तजनको बिहानदेखि पूजाअर्चना गर्नेको भीड लागेको छ।कालिका भगवती मन्दिरमा आएर पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। चैते दशैँका वेला कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौँको संख्यामा भक्तजन आ

बागलुङ कालिकामा भक्तजन

कोरोना संक्रमण र निशेधाज्ञाले ४ महिना बन्द भएको कालीका मन्दिर दसैंका लागि खुला भएको छ । खुला भएसँगै मन्दिरमा भक्तजन बढ्न थालेका छन् । घटस्थापनाको दिनदेखि पूर्णिमासम्म यहाँ सयौं भक्तजन आउने गर्छन् ।

शक्तिपीठमा पूजाको तयारी

बागलुङ, २० असोज । भोलिदेखि बडादशैँ सुरु हुँदैछ । दशैँमा शक्ति स्वरुपा नवदुर्गाको पूजा हुन्छ । यहाँका शक्तिपीठ पनि पूजाको सुरसारमा छन् । लामो निषेधाज्ञापछि पर्वका मुखमा खुलेका शक्तिपीठ चहलपहलमय बन्दैछन् । प्रसिद्ध कालिका भगवती मन्दिरमा दशैँभर हुने विशेष पूजाआजाका लागि व्यवस्थापकीय तयारी थालिएको छ । भगवतीको दर्शनका लागि नवरात्रभर दशौँ हजार भक्तजन यहाँ आउँछन् […]

सामाजिक दूरी कायम गर्दै बागलुङ कालिकामा पूजा

गण्डकी, ७ बैशाख । गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउने भक्तजन बढेका हुन् । वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले […]

बागलुङ कालिकामा एक वर्षपछि भिड

यहाँस्थित बागलुङ कालिका भगवती मन्दिरमा झन्डै एक वर्षपछि बुधबार सयौं भक्तजनको ओइरो लागिरहेको छ । चैतेदसैंको तिथि सुरु भएको र नयाँ वर्षसमेत परेकोले बुधबार सयौं भक्तजन आइपुगेका हुन् ।