काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ।
फिफाले बिहीवार सार्वजनिक गरेको वरीयताअनुसार नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन र १६१औँ स्थानमा कायम छ।
अघिल्लो महिला पनि नेपाल त्यही स्थानमा थियो। यस बीचमा नेपाल कुवेतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो।