माउन्ट केटुमा नेपाली टोलीले रच्यो इतिहास, हिउँदमा 'साभेज माउन्टेन'को शिखरसम्म कीर्तिमानी आरोहण

काठमाडौं : नेपाली टोलीले हिउँदमा केटु हिमालको सफल आरोहण गरेर इतिहास रचेका छन्। मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले कीर्तिमान बनाएको हो। शनिवार साँझ करिब ५: ४५ बजे उनीहरु केटु शिखरमा पुगेका हुन्।  माउन्ट केटुको क्याम्प ३ मा नेपाली टोली। तस्विर : मिङ्मा शेर्पा/…

सम्बन्धित सामग्री

सञ्चारमन्त्री गुरुङले भने- कीर्तिमानी आरोहीले देशको गौरव बढाए

सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ।

निर्मल पुर्जासहित १० आरोहीलाई सम्मान

सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज कीर्तिमानी आरोहीलाई सम्मान गरेको हो । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं ९ कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी आरोहीलाई सम्मान गरिएको हो । सो अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले सम्मान–पत्रसहित केटु आरोहण गर्ने कीर्तिमानी आरोहीलाई सम्मान गरे ।