एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले पदीय गरिमा बिर्सिएर पार्टीका पक्षमा काम गरेको आरोप लगाएका छन् । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्च, एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी चुनावमा माओवादी नराम्ररी हार्ने ठोकुवा गरे । ‘एक तिहाइ होइन, एउटा पनि छोडिँदैन । अग्नि सापकोटाजस्तो संसदीय राजनीतिको कलङ्क मान्छे, फेरि सिन्धुपाल्चोकबाट निर्वाचित भएर संसद्मा पाइलो टेक्न पाउनुहुन्छ ? संसद्को सभामुखको गरिमा राखेको खोइ । पदीय ढोँगी , मर्यादा केही छैन । पदीय भूमिका र