काठमाण्डाै - आज कोशी, बाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
गएराति पनि धेरै ठाउँमा पानी परेको थियो । केही ठाउँमा अहिले पनि पर्दैछ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा भने अहिले पानी पर्न रोकिएको छ । तर, फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभय...