गुल्मी इस्माका अग्निपीडितका आवास बनाउन ज्यामी अभाव
७ जेठ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-२, सिदुङ्खाका अग्निपीडितका लागि आवास निर्माण सुरु भएको छ । तर, सम्झौताबमोजिम संरचना बनाउन ज्यामी अभाव भएको छ ।
सिदुङ्खाका अग्निपीडितहरु आवास निर्माणका लागि पुरानो संरचना हटाएर घर निर्माण सम्झौता …
१४ वैशाख, गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगलागी प्रभावितहरूको आवास निर्माणमा तीन तहको सरकार मिलेर काम गर्ने बताएका छन् ।
इस्मा गाउँपालिको सिदुङ्खा, हाडीखोला, मड्किना र कोटकोटरीका आगलागी प्रभावितहरूलाई भेट्न पुगेका विष्टले संरचना पुनर्निर्माणको …
गुल्मी : गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरुमा जस्तापाता लगाइएको छ।नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छानाहरु विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ।मुसिकोट नगरपालिका गुल्मीमा करिब एक हजार दुई सय खरका छाना भएका घरहरुमध्ये एक हजार २१ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ।बाँकी १७९ घरहरुमा पनि जस्ता पाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब साढे चार करोड खर्च भएको
गुल्मी : गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट ५ हजार २६७ घरहरुमा जस्तापाता लगाइएको छ। नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई सुरक्षित आवास निर्माणका लागि खरका छानाहरू विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ।मुसीकोट नगरपालिका गुल्मीमा कुल नौ सय ७४ खरका छाना भएका घरहरुलाई जस्ताको छाना बनाउनका लागि ९५४ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ।बाँकी २० घरहरुमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म चार करोड चार लाख २० हजार खर्च भएको सूचन
गुल्मीमा खरको छाना विस्थापित गर्ने कार्यक्रमअन्तर्गत पाँच हजार २६७ घरमा जस्तापाता लगाइएको छ। आगलागी र मनसुनजन्य विपत्बाट जोगाउन सुरक्षित आवास निर्माणका लागि खरको छानो हटाएर जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ। मुसीकोट नगरपालिका गुल्मीमा कुल ९७४ घरमा भएको खरको छानोमा जस्ताको छानो फेर्नका लागि ९५४ घरमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ। बाँकी २० वटा घरमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र यसका लागि हालसम्म चार करोड चार लाख २० हजार रुपियाँ खर्च भएको सूचना प्रविधि अधिकृत समुद्रविक्रम रायमाझीले जानकारी दिनुभयो ।
गुल्मी – गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर, एकीकृत वस्ती निर्माण, जनता आवास र भुकम्पपछिको पुर्निर्माण गरेर एक हजार ५४ परिवारले सुरक्षित आवास पाएका छन् । पालिका भित्रका सवै घरमा खरका छाना मुक्त गर्ने मदाने गाउँपालिकाका जनप्रतिनिधीले २० असार २०७४ मा पद बहाली हुँदा […]
गुल्मी : मदाने गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको छ। बिहीवार विशेष कार्यक्रम गरी खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो।वडा नम्बर एकमा १४१, वडा नम्बर २ मा १८०, वडा नम्बर ३ मा १४५, वडा नम्बर ४ मा ३२, वडा नम्बर ५ मा १०७, वडा नम्बर ६ मा ५२ र वडा नम्बर ७ मा ७० जना गरी कुल ७२९ घरमा खरका छाना हटाई जस्तापाता लगाइएको गाउँपालिकाले जनाएको छ।यस्तै‚ एकीकृत बस्तीका १७ घर निर्माण, भूकम्पपछि पुनर्निर्माण भएका निजी आवासअन्तर्गत १४१, नागरिक आवासअन्तर्गत १२८, जनता आवास अन्तर्गत सात र नम
काठमाडौं । केही दिनयता निरन्तरको वर्षापछि मंगलवार साँझदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बुधवार साँझ ७ बजेसम्म देशभरबाट प्राप्त तथ्यांकअनुसार बाढी र पहिरोमा परी २७ जना बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोबाट बुधवार सिन्धुपाल्चोकमा दुईजना र बाजुरा, पाल्पा, डोटी तथा कास्कीमा एक/एक जनाको मृत्य भएको छ । देशभर कति घरपरिवार प्रभावित भए भन्ने यकिन तथ्यांक नभए पनि ८९ ओटा घर बाढी र पहिरोले बगाएको तथ्यांक प्राप्त भएको प्रवक्ता दाहालले बताए ।
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको छ । त्यसपछि मनाङमा बढी प्रभाव परेको छ । त्यसैगरी बाजुरा, म्याग्दी, गुल्मी, डोटी, पाल्पा लगायत ठाउँमा पनि बाढीले जनधनको क्षति गरेको छ ।
उद्धार र राहतका लागि जिल्ला व्यवस्थापन समिति, स्थानीय तह, प्रहरी र सेना सक्रिय भएका छन् । गृहले सिन्धुपाल्चोकमा दुईओटा हेलिकोप्टर परिचालन गरी उद्धार गरेको प्रवक्ता दाहालले जानकारी दिए । यस्तै मनाङमा पनि उद्धारका लागि हेलिकोप्टर तयार गरिएकोमा मौसमका कारण बुधवार उडान हुन नसकेको उनको भनाइ छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलका अनुसार बुधवार साँझ ६ बजे मेलम्चीको जलसतह ४ दशमलव ७ मिटरबाट घटेर ३ मिटरमा आएकोमा ६ः४५ बजे पुनः बढेर ६ मिटर पुगेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश क्षेत्रमा घना वर्षा हुने प्रक्षेपण गरेको छ । महाशाखाका अनुसार बुधवार महाकाली, कर्णाली र नारायणीको बहाव बढेर मध्यम जोखिम देखिएकोमा पश्चिम राप्ती, तिनाउ र बबईमा उच्च जोखिम देखिएको छ ।
सिन्धुपाल्चोकमा बाढीले सबैभन्दा बढी क्षति पुर्याउँदै आए पनि सरकारले बस्ती स्थानान्तरण र आवास पुनर्निर्माणको काम गरेको देखिँदैन । अघिल्लो वर्ष असारमा बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आएको पहिरोबाट विस्थापित भएकाहरूको स्थानान्तरण र आवास निर्माण अझै हुन सकेको छैन ।
जग्गा खोजी, कानूनी प्रक्रिया पूरा गर्ने लगायत विभिन्न कामको पहल भइरहेको मन्त्रालयका प्रवक्ता दाहालले बताए । शहरी विकास मन्त्रालयसँग सहकार्य गरेर बस्ती स्थानान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढाइराखेको जानकारी उनले दिए ।
काठमाडौं । मुलुकमा पहिलो अभ्यासस्वरूप कार्यविधि नै तयार पारी मनसुनजन्य विपद्बाट प्रभावित परिवारको पुनःस्थापनका लागि सरकारले अनुदान दिन थालेको छ । विपद्बाट प्रभावित परिवारको घर पुनर्निर्माण तथा पुनःस्थापनका लागि नेपाल सरकारबाट २० करोड रकम प्राप्त भएको र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन शुरू गरिएको बताइएको छ ।
पहिलो चरणमा आवश्यक प्रक्रिया पूरा गरेका म्याग्दी जिल्लाका २४७ निजी घर पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रथम किस्तास्वरूप संघीय सरकारले बेहोर्नुपर्ने १ करोड ८ लाख ९७ हजार ५०० रुपैयाँ पठाइएको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म तीन हजार परिवारमा उक्त कार्यक्रम सञ्चालन गर्ने अनुमान गरिएको छ । उक्त मनसुनजन्य विपद्बाट करीब ६ हजार घर प्रभावित भएका थिए । यो कार्यक्रम झण्डै भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमझैं अघि बढाइनेछ ।
२०७७ सालको मनसुनमा बाढी र पहिरोका कारण धेरै जनधनको क्षति भएको थियो । उक्त विपद्बाट सिन्धुपाल्चोक, बाग्लुङ, दोलखा, अछाम, कालिकोट, नुवाकोट, जाजरकोट, दार्चुला बझाङ, दाङ, गोरखा, मकवानपुर, तनहुँ, अर्घाखाँची, स्याङ्जा, रसुवा, धनकुटा, संखुवासभा, गुल्मी, मोरङलगायत जिल्ला बढी प्रभावित भएका थिए । ती जिल्लामा मानवीय क्षतिसमेत भएको थियो ।
उक्त विपद्बाट आवासविहीन भएकाको आवास पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गत पुस २६ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापन अनुदान कार्यविधि २०७७’ स्वीकृत गरेपछि कार्यप्रारम्भ गरिएको थियो । उक्त कार्यविधिअनुसार लाभग्राहीको पहिचान भने स्थानीय विपद् व्यवस्थापन समितिले गर्नेछ । त्यसको अन्तिम सूची जिल्ला विपद् व्यवस्थापन समितिले तयार पार्ने कार्यविधिमा उल्लेख छ । सम्बन्धित वडा र लाभग्राहीबीच सम्झौता भएपछि पुनर्निर्माण तथा पुनःस्थापनको कार्य अघि बढ्नेछ । प्रक्रिया पूरा भएपछि अनुदान रकम कार्य प्रगतिको आधारमा लाभग्राहीको बैंक खातामा उपलब्ध हुनेछ ।
कार्यविधिअनुसार अस्थायी आवास निर्माण अनुदानतर्फ पहिलो र दोस्रो किस्तामा २५/२५ हजारका दरले ५० हजार पाउनेछन् । पुनर्निर्माण र पुनःस्थापन अनुदानतर्फ हिमाली जिल्लामा ५ लाख दिइनेछ । त्यसमध्ये पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता २ लाख ५० हजार र तेस्रो किस्ता २ लाख उपलब्ध गराइनेछ । पहाडी जिल्लामा ४ लाख उपलब्ध गराइनेछ, जसअनुसार पहिलो किस्ता ५० हजार दोस्रो २ लाख र तेस्रो किस्ता १ लाख ५० हजारका दरले वितरण हुनेछ ।
यस्तै तराईका जिल्लामा ३ लाख अनुदान दिइनेछ । कार्यविधिअनुसार पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख दिइनेछ । घडेरी अनुदानतर्फ कार्य घडेरी पनि नहुनेको हकमा बढीमा ३ लाखसम्म अनुदान दिइने प्राधिकरणले बताएको छ । यस्तै मर्मत तथा प्रवलीकरण अनुदानतर्फ कार्यसम्पन्न भएपछि ५० हजार एकमुष्ट दिइनेछ । उक्त अनुदान रकम सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले संयुक्तरूपमा बेहोर्नेछन् । लागत सहभागिताका आधारमा जिल्ला विपद् व्यवस्थापन कोषमा रकम जम्मा भएपछि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाउने कार्यविधिमा उल्लेख छ । रासस
गुल्मी : पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिएका गुल्मीका २५ जना सेवाग्राहीले पुननिर्माण अन्तर्गतको निजी आवास निर्माण गर्न नसक्ने भन्दै रकम फिर्ता गरेका छन्।
राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गुल्मीकी कम्प्युटर अप्रेटर पार्वती खत्रीले जानकारी ...