सत्ता गठबन्धनमा मन्त्रालय बाडफाँडको सहमति, कुन मन्त्रालय कसलाई ?

सत्ता गठबन्धनका नेताहरुबीच सरकार गठन भएको ८६ दिनपछि मन्त्रालय बाडफाँडको सहमति भएको छ । मंगलबार विहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याएका हुन् । दलहरुबीच कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा (एस) र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ । सत्तारुढ तीन दलले १–१ राज्यमन्त्री पाउनेछन् ।