बैंकको किस्ताको भाखा सारिदिन ईटा व्यवसायीको आग्रह

विराटनगर। इँटा उद्योग तथा यससँग सम्बद्ध व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता तिर्ने भाखा २०८२ असार मसान्तसम्म सारिदिन आग्रह गरेका छन् । कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको र सरकारको पूँजीगत खर्च पनि हुन नसकेकाले निर्माण क्षेत्र सुस्त बनेको भन्दै उद्योगी व्यवसायीले यस्तो अर्थमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् । विषम परिस्थितिबाट उद्योग बचाउन बैंकहरूले लिइरहेको नियमित ऋणको किस्तालाई दुई वर्षपछि सारिदिन आग्रह गर्दै कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघले मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् । संघका महासचिव सन्तोष भगतले कोभिडको महामारीपछि भौतिक पूर्वाधार निर्माणले गति लिन नसकेको र आर्थिक सुस्तीका कारण सर्वसाधारणले घर तथा आवास निर्माण घट्दा इँटा उद्योग क्षमताको ७५ प्रतिशतमा मात्र चलेको बताए । अन्तरराष्ट्रिय बजारमा कोइलाको उच्च मूल्यवृद्धि, बजारमा इँटाको मागमा आएको ह्रास, बैंकको चर्को ब्याजदर, किस्तामा कडाइ जस्ता कारण इँटा उद्योग संकट उन्मुख बनेको ज्ञापनपत्रमा उल्लेख छ । यस्तो अवस्थामा लगानीको सुरक्षा र उद्योगको संकट निवारणका लागि ब्याज घटाइदिन र किस्ता तिर्ने अवधि बढाइदिन आग्रह गरिएको छ ।

सम्बन्धित सामग्री

औद्योगिक वातावरण बनाउन उम्मेदवारलाई व्यवसायीको आग्रह

रुपन्देहीको औद्योगिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भइरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरूको प्रतिबद्धता छ । रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धन निकटका उद्योगी व्यवसायीहरुसँग सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार केशवबहादुर थापा, प्रदेश (क) का उम्मेदवार दीर्घबहादुर (कुमार) केसी र प्रदेश (ख) का उम्मेदवार बामदेव क्षेत्रीले यस क्षेत्र

नाका खुलाउन व्यवसायीको आग्रह

काठमाडौं  । दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामान रोकिएपछि व्यवसायी चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ […]

राहत प्याकेज ल्याउन पर्यटन व्यवसायीको आग्रह

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन व्यवसाय जोगाउनका लागि विशेष राहतको प्याकेज ल्याउन पर्यटन व्यवसायीले राष्ट्र बैंकसँग आग्रह गरेका छन्।...

एमडीएमएस लागू गर्न व्यवसायीको आग्रह

मोबाइलको अवैध बिक्री बढेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न व्यवसायीले आग्रह गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले आगामी आर्थिक वर्षको बजेटमै एमडीएमएस कार्यान्वयनको निश्चिततासहित व्यवसायमा सहजीकरण गर्न आग्रह गरे । वाणिज्य तथा आपूर्ति सचिव गणेशराज पाण्डेयले सरकारले...

प्लास्टिक रिसाइकलिङ उद्योग खोल्न व्यवसायीको आग्रह

प्लास्ट नेपाल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि प्लास्टिक मेला सुरु भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको बताए । उनले अत्यावश्यक भएता पनि प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको बताए । अध्यक्ष गोल्छाले प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री भएकाले यसलाई व्यवस्थापन गर्ने भने […]

सुनचाँदीको आपूर्ति बैकल्पिक व्यवस्थाबाट गर्न व्यवसायीको आग्रह

काठमाडौं । सुनचाँदी व्यवसायीले सुनचाँदी आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सुनचाँदीको आपूर्ति ठप्प भएपछि आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिक रुपमा आग्रह गरका हुन् । अत्यावस्यक वस्तुवाहेक अन्यवस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । आपूर्ति ठप्प हुँदा यस क्षेत्रमा आवद्ध […]

करलाई व्यवहारिक बनाउन सुनचाँदी व्यवसायीको आग्रह

सुनचाँदी व्यवसायीहरूले राजस्वसम्बन्धी अव्यवहारिक प्रावधानका कारण आफँहरूले अनावश्यक झमेला खेप्नुका साथै पेसा नै खतरामा परेको गुनासो गरेका छन् । उनीहरूले खरिद मँल्यमा नै बिक्री गर्नुपर्ने, मुनाफा भनेको केवल ज्याला र जर्ति मात्र भएको अन्य व्यवसायभन्दा फरक प्रकृतिको सुनचाँदी व्यवसायमाथि लगाइने करको प्रावधानहरूमा पनि व्यवहारिक पाटोको अध्ययन गरेर सुधार ल्याउनुपर्ने माग गरेका छन् ।

करलाई व्यवहारिक बनाउन सुनचाँदी व्यवसायीको आग्रह

न्युज अफ नेपाल, काठमाडौं । सुनचाँदी व्यवसायीहरूले राजश्वसम्बन्धी अव्यवहारिक प्रावधानका कारण आफूहरूले अनावश्यक झमेला खेप्नुका साथै पेशा नै खतरामा परेको गुनासो गरेका छन् । उनीहरूले खरिद मूल्यमा नै बिक्री गर्नुपर्ने, मुनाफा भनेको केवल ज्याला र जर्ति मात्र भएको अन्य व्यवसायभन्दा फरक प्रकृतिको सुनचाँदी व्यवसायमाथि लगाइने करको प्रावधानहरूमा पनि व्यवहारिक पाटोको अध्ययन गरेर सुधार ल्याउनुपर्ने माग […]

निर्देशिका सच्याउन सुनचाँदी व्यवसायीको आग्रह

काठमाडौं, भदौ ३१ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ । निर्देशिकाका कतिपय वुँदाहरु व्यवहारिक नभएको भन्दै ब्यवहारिक वनाउन महासंघले आन्तरिक राजस्व विभागसँग आग्रह गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड […]

मौद्रिक नीतिलाई व्यवहारमा लागू गर्न पर्यटन व्यवसायीको आग्रह

काठमाडौं, साउन ३१ । कोरोना भाइरसका कारण बढी प्रभावित पर्यटन व्यवसायीले चालु वर्षको मौद्रिक नीतिलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले कोमामा रहेको पर्यटन व्यवसायीलाई राहतका कार्यक्रम ल्याए पनि जोखिमयुक्त पर्यटन क्षेत्रका समस्या समाधान हुने गरी नीतिको कार्यान्वयन गर्न उनीहरूले जोड दिएका छन्। गत […]