काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताउनुभएको छ । हस्तकला स्वर्ण महोत्सव तथा दशौँ हस्तकला दिवसको अवसर पारेर आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उहाँले नेपाली हस्तकलाका वस्तुहरूले नेपालको पहिचानलाई उचो बनाउने काम गरिरहेको पनि बताउनुभयाे ।
उपराष्ट्रपति पुनले नेपालको गरिबी न्यूनीकरण गर्न, रोजगारीको अवसर सृजना गर्न हस्तकला क्षेत्रले उल्लेखनीय योगदान दिइरहेकाले यस क्षेत्रको प्रवर्द्धनकाे कामलाई सरक...