बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयकलाई राजनीतिक रूपमा नहेरियोस् : कानुन मन्त्री

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ लाई राजनीतिक रूपमा नहेरिदिन आग्रह गर्नुभएको छ ।  सोमवारको प्रतिनिधि सभा बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले यस्तो आग्रह गर्नुभएको हो । उहाँले विधेयकलाई राजनीतिक रूपमा मात्र हेरेर नहुने बताउँदै नेपालका सबै राजनीतिक दल सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउन सहमत भएको उल्लेख गर्नु...